एमालेका ‘पावरफुल’ नेताको बलत्कार मुद्धा उक्सियो, अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले एमालेका केन्द्रीय सदस्य एवम् अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरविरुद्ध अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो । महरलाई एक महिलाले बलत्कारको अभियोग लगाएकी छिन् । ती महिलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । प्रहरीले महिलाको जाहेरीलाई दर्ता नगरेर तामेलीमा राखेपछि उनी उच्च अदालत पाटन पुगेकी थिइन् ।

प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर उच्च अदालत पाटनको छ । सोही मुद्दाका अन्य दुई वटा रिट खारेज भएका छन् ।

महर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । सत्ता र शक्तिको आडमा महरले उन्मुक्ति पाए पनि अदालतको आदेशपछि उनका दिन क्रमशः ओरालो झर्नेछन् ।

बझाङ स्थायी घर भएका महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले महरलाई निलम्बन गरेको थियो । एमालेको सचिवालय बैठकले महरलाई जिम्मेवारी दिएको थियो ।

पीडित महिलालाई महरले आफ्नै कार्यालयमा बोलाएर बलत्कार गरेको आरोप लगाएकी छिन् । महरविरुद्धको मुद्दा दर्ता गर्न प्रहरीले नमानेपछि ती महिलाले हुलाकमार्फत जाहेरी पठाएकी थिइन् ।

Published : Thursday, 2025 January 23, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया