भीम रावलको ट्वीटले नेकपाभित्र खैलाबैला, बालुवाटार चिन्तित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीमबहादुर रावलले कम्युनिस्ट पार्टीहरु सामान्य विषयमा पनि टुटफुट भएको स्मरण गराएका छन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहालप्रति संकेट गरेर शनिबार ट्वीट गर्दै नेता रावलले देश सरकारको बारेमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिस्ट पार्टी विभाजन भएको उदाहरण दिएका हुन् । उनले पार्टी समायोजन गरेर छिटोभन्दा छिटो काम गरी विभाजनको पीडाबाट बच्न सुझाव दिएका छन् ।
‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुद्धिमानी कार्य ठहरिनेछ’, उनले भनेका छन् ।
भेनेजुएलाको समर्थन गर्दै दोस्रो तहका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेपछि उत्पन्न भएको विवादले साम्य हुने संकेत गरेको छैन ।
पछिल्लो समयमा ओली र दाहालबीच सार्वजनिक रुपमै एकले अर्काको आलोचना हुन थालेको छ ।
यसमा तपाइको मत