देउवाले तत्काल राजीनामा दिनुपर्छः सापकोटा

काठमाडौं । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले देउवाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री देउवाजीको एउटै राजीनामाले अहिलेको गतिरोधले निकास पाउँछ, राजीनामा दिन उहाँले किन ढिलाई गर्नुभएको छ ?’
सापकोटाले राष्ट्रिय सभासम्बन्धी निर्वाचनको बारेमा पहिल्यै नै बुहमतीय संक्रमणीय व्यवस्थाको आधारमा जाने सहमति भएको दाबी गरे ।
राष्ट्रपतिले अध्यादेश राकेको भनेर कांग्रेसले आरोप लगाउनु सरासर गलत भएको समेत उन दाबी गरे । माओवादी नेता सापकोटाले भने, ‘राष्ट्रपतिले बरु दलहरूवीच सहमति खोज्नुहोस् भनेर बारबार आग्रह गर्नुभएको छ । उहाँलाई विवादमा मुछ्नु गलत हुन्छ, बरु सरकारले यसरी अध्यादेश ल्याउनु र पास गर्न दबाब दिनु उचित होइन ।’
पार्टी एकीकरणका विषयमा कसैले आशंका गर्न आवश्यक नरहेको सापकोटाले बताए । उनले भने, ‘शीर्ष नेताहरूलाई कार्यकारी पद दिनेबारे पहिल्यै नै सहमति भएको छ । एकजना प्रधानमन्त्री बन्दा अर्को नेता एकीकृत पार्टीको अध्यक्ष बन्ने पक्का छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत