गगनका गुरुले पाए कांग्रेसको खास जिम्मेवारी, आत्तिए कम्युनिष्टहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्तामा नियुक्त गरेका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको पराजयपछि गुटउपगुटभित्र विभिन्न खालका चर्चा र परिचर्चा चलिरहेका बेला सभापति देउवाले मंगलबार शर्मालाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।

‘सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रूपमा) को धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य विश्वप्रकाश शर्मालाई मंगलबार पार्टीको प्रवक्ता पदमा मनोनयन गर्नु भएको छ’, कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको प्रवक्तामा एक महिना अगाडि युवा नेता गगन थापाको चर्चा चलेको थियो । तर, देउवाले एकाएक थापाका राजनीतिक गुरु समेत रहेका युवा नेता शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

शर्माले दिने तर्क र अभिव्यक्तिबाट कम्युनिष्ट पार्टीका नेताहरू तर्सिने गरेका छन् ।

Published : Tuesday, 2018 January 9, 9:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया