एमालेको अबरोधले रोकेन, सपथ लिए प्रमुखहरूले

काठमाडौं । एमाले र माओवादी केन्द्रको विरोधका बाबजुद सरकारले नियुक्त गरेका सात प्रदेशका प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपतिसँग उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रदेश प्रमुखमा प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल रहेका छन् ।

संविधानले केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिनु पर्ने व्यवस्था गरेको छ ।

प्रदेश प्रमुखको सपथसँगै प्रदेश सभा सदस्यको सपथ र प्रदेश सरकार गठनको प्रक्रियाले गति लिनेछ ।

Published : Friday, 2018 January 19, 6:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया