कम्युनिष्टहरूविरुद्ध महासंघमा हमालको ‘धमाल’

तुलसीपुर । राप्ती अञ्चल सार्वजनिक यातायात समितिका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

माघ १७, १८ र १९ गते चितवनमा हुन लागेको महासंघको पाँचौ महाधिवेशनमा लोकतान्त्रिक प्यानलका योगेन्द्र कर्माचार्यको समूहबाट हमालले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यातायात व्यवसायीहरूमाझ लोकप्रिय हमाल यसअघि महासंघको केन्द्रीय सदस्य र उपमहासचिवमा निर्वाचित भएका थिए ।

लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय हमाल विभिन्न संघ संस्थामा आवद्ध छन् ।

Published : Monday, 2018 January 29, 7:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया