‘एमाले–माओवादी नक्कली कम्युनिष्ट’

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्र नक्कली कम्युनिष्ट पार्टी रहेको आरोप लगाएका छन् । एमाले र माओवादीसँग कुनै पनि राजनीतिक बिचार नरहेको उनले बताए ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै वैद्यले एमाले–माओवादी कम्युनिष्ट पार्टीको नाममा नक्कली कुरा गरिरहेको बताए । यी दुई पार्टीबीच हुने एकीकरणले कुनै अर्थ नराख्ने उनको भनाइ छ ।

‘एमाले र माओवादी पार्टीबीच एकीकरण हुनुलाई कुनै अनौठो मान्नु पर्दैन’, उनले भने, ‘सिद्धान्त र बिचार नभएका उनीहरूले मिल्दा नै हामी जस्ता सच्चा कम्युनिष्टहरूलाई फाइदा हुन्छ ।’ ‘नक्कली कम्युनिष्टको बिगबिगी छ । उनीहरू नक्कली हो’, वैद्यले भने ।

Published : Tuesday, 2018 January 30, 11:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया