यी हुन् प्रहरीका असई, अवैध सुनसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर राई अबैध सुन सहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत राईलाई केन्द्रिय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले बिहीबार बालुवाटारस्थित उनको कोठाबाट नियन्त्रणमा लिएको हो ।

‘कुलबहादुर राई र अर्का एकजना २० तोला अवैध सुन सहित पक्राउ परेका छन्’, महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीले भने, ‘आवश्यक कारवाहीका लागी हामीले राजस्वमा बुझाएका छौं ।’

बिहीबार बिहान प्रहरी सहायक निरीक्षक राई एयरपोर्टमा ड्युटी अफिसर थिए । सादा पोशाकमा ड्युटी गरिरहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन गोल्डेन गेटबाट पास गराएका थिए ।

त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख उक्त सुन आफ्नो डेरामा लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोले बिगत केही दिनदेखी त्रिभुवन विमानस्थलबाट हुने अवैध सुन तस्करीबारे निगरानी गरिरहेको थियो ।

निगरानीका क्रममा ड्युटी अफिसर रहेका राईले सुन पास गरेको खुलेपछी प्रहरी टोलीले उनलाई रसियन एम्बेसीको पछाडि रहेको उनको डेराबाट नियन्त्रणमा लिएको बताइएको छ ।

Published : Friday, 2018 February 2, 9:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया