ओली र भारतीय दूतबीच ‘वान टू वान’ वार्ता

काठमाडौं । वाम गठबन्धनको संयुक्त सरकारका साथै पार्टी एकीकरणको कुरा चलिरहेका बेला नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एमालेका अध्यक्ष केपी ओलीसँग ‘वान टू वान’ वार्ता गरेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार भएको भेटमा राजदूत पुरीले सरकार गठनका बारेमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेको एमालेका नेता राजन भट्टराईले जानकारी दिए । ‘अध्यक्ष ओलीले सरकार गठनका लागि सकरात्मक दिशामा पहल भईरहेको र चाँडै नै सरकार गठन हुने कुराको जानकारी राजदूत पुरीलाई दिनुभएको छ’, नेता भट्टराईले भने ।

भारतको चर्को आलोचना गरेर राष्ट्रवादी छवि बनाएका ओली र भारतीय राजदूत पुरीबीच पछिल्लो केही हप्ता यता बाक्लै वार्ताहरू भएका छन् । केही दिन अगाडि भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि ओलीकै निम्तामा काठमाडौं आएर फिर्ता भएकी थिइन् ।

Published : Tuesday, 2018 February 13, 6:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया