‘राप्रपा’ नाम नरहने, पार्टी विघठनको प्रस्ताव

काठमाडौं । निर्वाचनमा नराम्रोसँग पराजय भोग्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीहरूबीच एकता गरेर नयाँ नाम र राजनीतिक कार्यदिशासहित अगाडि बढ्न सुझाव आएको छ ।

कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाश चन्द्र लोहनी नेतृत्वका तीन वटै राप्रपाको एकीकरण गरेर नयाँ नाम राख्नका लागि तल्लो तहबाट दवाव आएको हो । एकीकृत नयाँ पार्टीको नाममा ‘राप्रपा’ भन्ने शब्दावली र राजनीतिक कार्यदिशा नराख्नेबारेमा सुझाव आएको स्रोतले जनाएको छ । एकीकरण राप्रपाको नाम ‘नेपाली जनता पार्टी’ राख्नका लागि पनि प्रस्ताव आएको छ ।

एकीकृत पार्टीको अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राण, निर्देशक समितिको अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीलाई बनाउन सुझाव आएको एक नेताले बताए ।

चुनाव चिन्ह ‘हलो’, झण्डामा ‘गार्इ’लाई राखनेबारेमा कुराकानी भइरहेको जनाइएको छ । दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरिएको प्रस्तावमा सातै प्रदेशमा विभिन्न राजनीतिक कार्यक्रम लिएर जाने उल्लेख छ ।

कमल थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा, डा.प्रकाशचन्द्र लोहनी, नबराज सुबेदी, हरिबहादुर बस्नेत, दीपक बोहोरा, केशरबहादुर बिष्ट, बिक्रम पाण्डे, सुनिलबहादुर थापा, राजिब पराजुली, बुद्धिमान तामाङ, राजेन्द्र लिङ्ग्देन, धवल शम्शेर राणा
र प्रतिभा राणा समेत रहेको उचस्तरीय कार्य सम्पादन समिति बनाउँदा नयाँ पार्टी गठन र संरचना बनाउन सहयोग मिल्ने एक नेताले बताए ।

हिन्दूराष्ट्रको विषयलाई जनमत संग्रहको माग गर्ने तथा राजनीतिक कार्यदिशालाई कार्यसम्पादन समितिले टुंगो लगाउनेबारेमा पनि दोस्रो तहका नेताहरूबीच छलफल भएको छ ।

Published : Saturday, 2018 February 24, 10:49 am

1 प्रतिकृया प्राप्त “‘राप्रपा’ नाम नरहने, पार्टी विघठनको प्रस्ताव”

  • जहिले पनि पदकाे लागि मरिमेट्ने नेताहरू जब चुनाव अाउछ फुटछ त्यस पछि जुट्छ अाम कार्यकर्तालाई भेडा बनाउने नेतालाई खाेरमा थुनेर घाँस हाल्नु पर्ने ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया