ओलीलाई साथ दिँदा संघीय फोरमको सरकार खतरामा

काठमाडौं । तत्कालीन केपी ओली सरकारविरुद्ध नाकाबन्दी गराउन सँगै हिँडेका उपेन्द्र यादव र महन्थ ठाकुरबीच नयाँ सरकारमा सहभागी हुने विषयलाई लिए ठाकठुक पर्न सुरु भएको छ ।

मधेस केन्द्रित दलहरूको गठबन्धन बनाएर निर्वाचनमा गएका यादव र ठाकुरबीच पछिल्लो समय राम्रोसँग बोलचाल हुन छाडेको स्रोतको भनाइ छ । ओलीको अहिलेको सरकारमा जान ठाकुरले पनि रुची देखाएका थिए । तर, यादव आफू एक्लै सरकारमा जाने तयारी गरेपछि ठाकुरीले असन्तुष्टि जनाएको उच्च स्रोतको भनाइ छ ।

राजनेताको छवि बनाएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले देश र जनतालाई निकास दिन सरकारमा जान लागेको बताएका छन् ।

यसैबीच, संघीय फोरम राजपा नेपालसँगको सहकार्य तोडेर ओली सरकारमा सहभागी हुने तयारी गरेपछि प्रदेश नं. दुईको सहकार्य तोडिने खतरा बढेको छ । स्रोतका अनुसार ठाकुरले यादवलाई केन्द्रीय सरकारमा सहभागी भए प्रदेश नं. २ को सरकारका बारेमा सोँच्न बाध्य हुने चेतावनी दिएका छन् ।

दुई नं. प्रदेशमा संघीय फोरम र राजपा नेपालले सरकार बनाएका छन् । सरकारको नेतृत्व संघीय फोरमले गरेको छ ।

Published : Tuesday, 2018 February 27, 11:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया