कम्यनिष्ट सरकारद्वारा चौधरीमाथि अन्याय, सिलवाललाई छुट

धनगढी । अनशन बसेका कारण स्वास्थ्य अवस्था नाजुक बनेका रेशम चौधरीलाई काठमाडौंको सेन्ट्रल जेल पठाइएको छ ।

टीकापुर घटनाका अभियुक्त चौधरीले उपचार गर्न नमानेपछि काठमाडौं पठाइएको हो । सात दिनदेखि अनसनरत चौधरीको स्वास्थ्यमा गम्भिर समस्या देखिएको सेती अञ्चल अस्पतालले जनाएको छ ।

कारागार प्रशासनले चौधरीलाई शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पु-याएको थियो ।

कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी शपथ गराउनु पर्ने लगायतका माग राख्दै आमरण अनसनमा बसेका हुन् ।

चौधरीसंगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका अन्य २४ अभियुक्त पनि अनसनमा छन् ।

कार्यसम्पादन मूल्यांकनको कीर्ते काण्डमा परेका पूर्व डिआईजी नवराज सिलवाललाई सरकारले छुट दिएर शपथ दिलाएको छ । तर, चौधरीलाई कम्युनिष्ट सरकारले पक्राउ गरेर हिरासतमा राखेको थियो ।

सिलवाल र चौधरीलाई यसरी विभेद भएको भन्दै थारु समुदायका अगुवाहरूले विरोध गरेका छन् ।

सिलवाल शपथ लिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गाडी चढेर संसद भवन पुगेका थिए । शपथ लिएपछि आफ्नो गाडीमा फर्किएका थिए ।

Published : Saturday, 2018 March 10, 5:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया