न्यायाधीश चोलेन्द्रद्वारा ‘बिद्रोह’, कान्तिपुरको सेलिब्रेटी

काठमाडौं । प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् ।

कान्तिपुर पब्लिकेशन र डा.गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए ।

इजलासमा न्यायाधीशहरूश् पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै राणाले सोमबार इजलाससमेत बहिस्कार गरेका छन् । यससँगै इजलास स्थगित भएको छ ।

कान्तिपुर दैनिकको अवहेलनासम्बन्धी मुद्दा पूर्ण इजलासमा बहस पैरवी हुनै लाग्दा न्यायाधीश राणाले आफ्नोतर्फबाट लिखित वक्तव्य पढेर सुनाए ।सो वक्तव्यमा प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरिसकेको दाबी गरिएको छ ।

आफूहरूले हिजो मात्रै प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेको राणाले बताए । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बताए ।

न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीको जन्ममितका बारेमा चर्चा गर्दै भने, ‘एउटामा जन्ममिति २००९ साल रहेछ, अर्कोमा २०११ देखियो । न्यायपरिषद ऐनको व्यवस्था अनुसार ०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने हो, अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन ।’

यसरी उमेर हदका कारण अवकाश पाइसकेको प्रधान न्यायाधीशसँग बसेर आफूले मुद्दाको सुनुवाई नगर्ने भन्दै राणा इजलासबाट समेत बाहिरिएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुली उमेर सच्याएको विवादमा तानिँदै आएका छन् । उमेर नसच्याएको भए प्रधानन्यायाधीश पराजुलीले गत साउनमा अवकाश पाउने थिए । सच्याइएको भनिएको उमेर अनुसार उनी आगामी वैशाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहन सक्छन् ।

Published : Monday, 2018 March 12, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया