देउवाद्वारा घाइतेहरूसँग अस्पतालमा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवा मंगलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताए। ‘उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु’, उनले भने ।

विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो ।

Published : Tuesday, 2018 March 13, 10:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया