हिम्मतिला पराजुली, फेरि बनाए बेञ्च, राणा चकित

काठमाडौं । प्रधानन्यायाधीश गोपाल गराजुलीले इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई पनि मुद्दा तोकेका छन् ।

पूर्ण इजलासका अतिरिक्त सर्वोच्चमा बुधबार पनि दश इजलास गठन भएका छन् । यसअघि गत सोमबार फरक रायसहित इजलास नबस्ने घोषणा गरेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मुद्दा तोकिएको छैन ।

मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलास तोकिएको छ । बहिष्कार गरेका न्यायाधीशको संयुक्त इजलास गठन भएको छ ।

Published : Wednesday, 2018 March 14, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया