न्यायालयविरुद्धको कोतपर्व: डा.आचार्य

– डा.भीमार्जुन आचार्य, संविधानविद्

पश्चिम नेपालमा कुनै वेला गाविससचिवले गाविस अध्यक्षको सरुवा गरेको कहानी सुनेको थिएँ, न्यायालयमा त्यस्तै घटना भएको छ । प्रधानन्यायाधीशलाई पदमुक्त भएको जानकारी दिने न्यायपरिषद्का सचिवको कदम न्यायालय र लोकतन्त्रमाथि ‘कु’ हो ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस संवैधानिक परिषद्ले गर्ने हो र महाअभियोगबाट मात्रै पदमुक्त हुने हो । योबाहेकको व्यवस्था संविधानमा छैन ।

न्यायाधीशलाई ६० दिनअघि अवकाशसम्बन्धी जानकारी दिने न्यायपरिषद् ऐनको व्यवस्थामा टेकेर भएको यो निर्णय नाजायज छ । यही कारणलाई आधार मानेर गोपाल पराजुलीले प्रधानन्यायाधीश पद छाड्ने हो भने लोकतन्त्र र अदालत बन्द गरिदिए हुन्छ ।

पराजुलीका कैयौँ कमजोरी छन् र म उनको व्यक्तिगत प्रतिरक्षा गर्न सक्दिनँ । न्यायालयको अवस्था यहाँसम्म आउनुमा नेतृत्वका रूपमा उनले पनि जिम्मेवारी लिनुपर्छ भन्नेमा दुविधा छैन ।

न्यायपरिषद् सचिवको निर्णय उनले मान्छन् भने त्यो उनको कमजोरी हो । तर, सचिवले गरेको असंवैधानिक निर्णय प्रधानन्यायाधीशले मान्नुहुँदैन । यो कानुनी र संवैधानिक त्रुटि हो, लोकतन्त्र र न्यायालयमाथिको हमला हो ।

स्वतन्त्र न्यायालयविरुद्धको यो कोतपर्वलाई समर्थन गर्नुहुँदैन । संविधानलाई मान्ने हो भने प्रधानन्यायाधीश पराजुली पदमै हुनुहुन्छ ।

Published : Thursday, 2018 March 15, 8:39 am

3 प्रतिकृया प्राप्त “न्यायालयविरुद्धको कोतपर्व: डा.आचार्य”

  • साउन २१ गते नै उमेरको कारण पदमुक्त भैसकेकालाई के गर्ने त? त्यसकोपनि उपचारको बारेमा केहि तर्क दिएको भए सुनमा सुगन्ध हुन्थ्यो कि?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया