पूर्वप्रशासक आचार्यको ‘खिचडी’मा पोल खोलाखोल !

काठमाडौं । प्रशासक मदनदेव आचार्यद्वारा लिखित ‘खिचडी’ नामक पुस्तक सार्वजनिक भएको छ ।

काठमाडौंको बिजुलीबजारमा लेखन कुञ्जमा बिहीबार आयोजित कार्यक्रममा आचार्यको ‘खिचडी’ सार्वजनिक गरिएको हो ।

प्रशासन, राजदबार, कोइराला परिवार, इन्दिरा गान्धी, अमेरिका, व्यापार, महारानीएलिजाबेथ जापानी राजकुमार अकहितो, सिनेमा, अस्पताल, अदालत, दूतावास र पराराष्ट्र सम्बन्धमा केन्द्रित भएर ‘खिचडी’मा सामाग्रीहरू केन्द्रित छन् ।

लेखक आचार्य, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, घोष्टराइटिङ नेपालका सम्पादक एवम् बरिष्ठ पत्रकार टंक पन्तद्वारा सार्वजनिकीकरण गरिएको पुस्तकमा कोशी प्रोजेक्ट काण्ड, नेपालभारत बोर्डर किचलो, मदभट्टीको भूमिसुधार, नोकरबाट मालिक भएको दिन, व्यक्तिवादी प्रशासन पेशाअनुसारको बोली जस्ता १ सय ३२ विषय समेटिएको छ ।

पुस्तकमा लेखिएको छ, ‘क्युरियो डिस्प्ले गर्दै गर्दा इन्दिरा गान्धीको आँखा बुद्धको त्यो खास मूर्तिमा प-यो, रिसाउँदै उनले भनिन्, यो किन ल्याएको ? कुनै पनि हिष्ट्रिमा बुद्धशक्ति (स्त्रीसंग संसर्ग) भएको भए बुद्ध, बुद्ध नै हुने थिएनन् । यो कुनै एउटा मूर्तिकारको कलमको कल्पना मात्र हो तत्काल यो मूर्ति फिर्ता गरिदेउ ।’

सम्पादक टंक पन्तले पुस्तकमा समेटिएका विषयहरू राजनीतिकर प्रशासन क्षेत्रका लागि निकै उपयोगी भएको उल्लेख गरे ।

लेखन कुञ्जका अध्यक्ष ढकाल भन्छन्, ‘खिचडी’मा धेरै कुरा पाकेका छन् । धेरै कुरा मिसिएका छन् । जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भए जस्तै यो पुस्तकमा जहाँ पल्टाए पनि मदनदेवलाई पाउँछौँ ।’

पुस्तकका बारेमा राखेका जिज्ञासाहरूको जवाफ लेखक आचार्यले दिएका थिए । घोष्टराइटिङ नेपालद्वारा प्रकाशित पुस्तक ३ सय ३४ पृष्ठको छ । पुस्तकको मूल्य ३ सय ७५ रहेको छ ।

घोष्ट राइटिङ नेपालले आहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक लगायत हरेक क्षेत्रका डेढ सयभन्दा बढी विशिष्ट व्याक्तिहरूको पुस्तक लेखिरहेको छ ।

Published : Thursday, 2018 March 15, 4:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया