ओली र पूर्वराजाका सल्लाहकार सिंहबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग पूर्वराजा ज्ञानेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका मेजर जनरल भरतकेशर सिंहसहितको टोलीले भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ओली र सिंहबीच भेटवार्ता भएको हो । विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिको हैसियतमा सिंहले प्रधानमन्त्री ओलीसँग भेट गरेको जनाएका छन् ।

भेटको प्रयोजन नेपाल आउन लागेका गोवर्धन मठ पुरीका शंकराचार्यको नेपाल भ्रमणबारे छलफल थियो ।

मठका शंकाराचार्य निश्चलानन्द सरस्वती २ जेठमा नेपाल आउँदैछन् । निश्चलानन्द सरस्वती तिनै शंकराचार्य हुन् । जिम्मेवारी सम्हालेको २५ वर्ष पुगेको उपलक्ष्यमा माघ अन्तिम साता उडिशा (भारत) मा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा अभिषेक कार्यक्रम भएको थियो ।

जेठ ३ गते शंकराचार्य निश्चलानन्द सरस्वती नेपाल आउने भएपछि उनको सुरक्षा, बसोबास र भ्रमणको व्यवस्था मिलाउने र उनी उपस्थित अन्य कार्यक्रममा पनि सरकारको सहभागिताका लागि छलफल गर्न अध्यक्ष सिंह र महासचिव भण्डारी प्रधानमन्त्री निवास पुगेका हुन् ।

Published : Friday, 2018 March 16, 5:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया