एमाले–माओवादीमा डाँका र बद्मास धेरै : नेता राई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीं (नेकपा)का पोलिट ब्युरो सदस्य पदम राईले वाम गठबन्धनले बनाएको वर्तमान सरकार जनपक्षीय नरहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौमा आयोजित कार्यक्रममा नेता राईले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ढोंगी नेता भएको आरोप लगाए । वर्तमान संयुक्त सरकारले जनताको पक्षमा काम गर्न नसक्ने राईले बताए ।

उनले संसदीय व्यवस्था जनता विरोधी हुने भएकाले राम्रो गर्छु भन्नु दिउँसै सपना देख्नुजस्तै भएको दाबी गरे । ‘केपी ओली र प्रचण्ड ढोंगी नेता हुन् । उनीहरूले जनताको पक्षमा काम गर्दैनन्, पाँच वर्षसम्म माखो समेत मार्न सक्ने छैनन्’, राईले भने ।

नेता राईले एमाले र माओवादी केन्द्रमा खराब नेताहरूको बहुमत रहेको बताए । ‘एमाले र माओवादी केन्द्रभित्र इमान्दार नेता–कार्यकर्त पनि छन् तर, उनीहरू कम छन् । डाँका र बद्मासहरू हावी भएका छन् ।’

Published : Saturday, 2018 March 17, 6:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया