आइजीपी बनाउनेभन्दै त्रिकोण एडभर्टाइजिङका अर्यालले बाँड्न थाले विज्ञापन

काठमाडौं । बैंक सञ्चालक जस्तो पदमा बसेर बैंकको विज्ञानपन आफ्नै विज्ञापन एजेन्सीमार्फत बाँड्ने र प्रहरी महानिरीक्षक पनि बनाउन सक्ने आश्वासन दिँदै हिँड्ने राजेन्द्र अर्याल नामका एक व्यवसायीको चर्तिकला अहिले बजारमा छ्यापछ्याप्ती देखिन थालेको छ ।

कुनै बेला माइतघरको एउटा कोठामा बसेर विज्ञापन एजेन्सी सञ्चालन गरेका अर्याल यति बेला आफ्ना पक्षमा सबै सञ्चारका माध्यमलाई पार्न कै लागि एनआईसी एसिया नामक ‘क’ वर्गको बैंकलाई मोहोरा बनाइरहेका छन् । यो समाचार जनप्रहार साप्ताहिकबाट साभार गरिएको छ ।

उनले आफ्नो र आफूले पक्ष लिएका घटना र पात्रको समर्थनमा समाचार प्रकाशन वा प्रशारण गरे विज्ञापनमार्फत आर्थिक लाभ लिन सकिने भन्दै आकर्षक प्रस्तावहरू गर्दै सञ्चारमाध्यमका ढोका–ढोका धाउन थालेका छन् । आफूलाई बहुमुखी प्रतिभा र क्षमता भएको देखाउन अर्यालले समाज र राज्यका हरेक अंगमा हात हाल्ने गरेका छन् ।

यसको पछिल्ले घटनाको रूपमा सुरक्षा निकायको प्रमुख अंग नेपाल प्रहरीको नेतृत्वमा कसलाई पु¥याउने भन्ने शक्ति आफूसँग मात्र रहेको भन्दै प्रहरीका एक डीआइजी (प्रहरी नायव महानिरीक्षक) लाई समेत भ्रममा पारेका छन् । धेरै सञ्चार माध्यमलाई आफूले अघि सारेको एजेण्डामा समर्थन गरे हप्तैपिच्छे एनआइसी एसिया बैंकको विज्ञापन दिने आश्वासन बाँड्दै हिँडेका छन् । उनले आश्वासन मात्र होइन, मासिक करोडौं रूपैयाँ विज्ञापनको रूपमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईनमा एनआईसी एसिया बैंकको प्रचार गराएर रकम बाँड्न थालेका छन् ।

त्रिकोण एडभरटाइजिङ एजेन्सी सञ्चालन गरेर बसेका अर्यालले बैक तथा वित्तीय संस्था संचालनसम्बन्धी कानून र नियमलाई उलंघन गर्दै आफै सञ्चालक भएको एनआईसी एसियाको विज्ञापन रोयल त्रिकोण एडभरटाईज एजेन्सीमार्फत प्रकाशन र प्रशारण गर्न लगाई रहेका छन् । एउटा दैनिक पत्रिकालाई १० लाखदेखि साप्ताहिक पत्रिकालाई ३ हजार रूपैयाँसम्मको विज्ञापन उपलब्ध गराएर अर्यालले बचतमा ९ प्रतिशत र मुद्धति खातामा न्यूनतम १३ प्रतिशत ब्याज दिनेभन्दै प्रचार गराएका छन् ।

सस्तो लोकप्रियता र अश्वस्त प्रतिष्पर्धा गरेर बैंकले धान्न नसक्ने गरी व्याज दर तोकेको भनेर वाणिज्य बैंकहरूले एनआइ्सी एसियासँग कुनैं कारोबार नगर्ने निर्णय गरिसकेका छन् । बजारमा नगदको तरलता बृद्धि भएसँगै ग्राहकले निक्षेप गर्न छोडेपछि आकर्षक व्याजको लोभमा एनआईसी एसियाले धेरै मुनाफा र प्रतिफल पाउन सकिनेभन्दै व्याजदर बढाएको हो ।

Published : Wednesday, 2018 March 21, 8:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया