राष्ट्रपति भण्डारीसँग प्रचण्डको ‘खटपट’

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति घुमाउरो भाषामा असन्तुष्टि व्यक्त गरेका छन् ।

५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले फागुन २९ गते भण्डारी राष्ट्रपतिमा वाम गठबन्धनको समर्थनमा निर्वाचित भएपनि आफूले बाध्यतावश स्वीकार गरेको आशय व्यक्त गरेका हुन् ।

प्रचण्डले जनयुद्धका बेला जनसरकार प्रमुख दलितलाई बनाएजस्तै अहिले पनि राष्ट्रपति र प्रधानमन्त्री त्यसै समुदायबाट बनाउने आफ्नो इच्छा भएपनि सम्झौता गर्नुपरेको गुनासो गरे ।

परिवर्तन नै उल्टिने खतरा देखेपछि आफूले बाध्यतावश भण्डारीलाई राष्ट्रपति स्वीकार गरेको उनको भनाइ छ । विश्वका विभिन्न देशमा क्रान्ति पूरै उल्टेको उदाहरण दिँदै दाहालले नेपालमा त्यस्तो अवस्था नआओस् भनेर आफू गैर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री मान्न तयार भएको बताए ।

Published : Wednesday, 2018 March 21, 9:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया