दाङमा माओवादी नेताले गरे चोरी, पक्राउ पर्ने डरले फरार

तलुसीपुर । दाङ जिल्लाको दंगिशरण गाउँपालिकाको वडा नं. ४ मा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेर पराजित भएका ठाकुर चौधरी चोरी मुद्दामा फसेका छन् ।

५० वर्षीय चौधरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा र दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा, वैवाङ जोड्न पातुखोलामा निर्माणाधीन पुलको सामाग्री चोरेको पुष्टि भएको हो । वडाध्यक्षका प्रत्याशी चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।

पुलको निर्धाण सामाग्री चौधरीको घरमा फेला परेका थिए । उनीसँगै सोही वडाका ४५ वर्षीय शम्शेर चौधरी पनि चोरी मुद्दामा फसेका छन् । उनीहरूले चोरी गरेका निर्माण सामाग्री घाँस र परालले छोपेर राखेका थिए ।

Published : Friday, 2018 March 30, 1:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया