भारत वा चीनपरस्त भन्न पाइँदैनः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताएका हुन् ।

विगतमा राजनीतिक दल वा नेतालाई भारतपरस्त र चीनपरस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने बताए ।

‘हामी सबै प्रो नेपाल, प्रो नेपाली, दुवै छिमेकीसँग राम्रो सम्बन्ध गाँस्नुपर्छ । आर्थिक विकासका लागि सहयोग लिनुपर्छ । आरोप प्रत्यारोपको अन्त्य गरौँ’, दाहालले भने ।

Published : Saturday, 2018 March 31, 5:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया