संसदले सम्झियो खुमबहादुरलाई

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गत ६७ वर्षको उमेरमा निधन भएको थियो ।

लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता स्व.खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

Published : Monday, 2018 April 2, 6:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया