नदीहरू भारतलाई दिने ओलीको यति ठूलो डिजाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका नदीहरूलाई भारतको डिजाइनअनुसार एकीकृत गर्ने तयारी गरेको खुलासा भएको छ ।

मंगलबार संसदको बैठकमा ओलीले गंगा नदीमार्फत ढुवानी गर्ने भनेर अभिव्यक्ति दिएपछि आशंका बढेको हो । समुन्द्रमा नेपालले पानी जहाज चलाउने भनेर बेलाबेला ओलीले अभिव्यक्ति दिँदै आएका छन् ।

अहिले आएर भारतको गंगा नदीमार्फत सामान ढुवानी गर्ने भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिमा ठूलो रहस्य लुकेको जानकारहरूले आरोप लगाएका छन् ।

भारतले आफ्नो देशमा पानीका संकट टार्नका लागि नेपालबाट भारततर्फ जाने सबै नदीहरूको पानीलाई एकै ठाउँ जम्मा गरेर नयाँ दिल्लीसहितका शहरहरूको पानीको आपूर्ति व्यवस्था गर्न लागेको छ ।

भारतको यो महत्वकांक्षी योजनामा चीन र पश्चिमा राष्ट्रका साथै संरक्षणविद्हरूले विरोध गर्दै आएका छन् । यसअघिका सरकारले भारतको यो योजनालाई अस्वीकार गर्दै आएका थिए ।

तर, संसदमा एकाएक प्रधानमन्त्री ओलीले गंगा नदीबाट सामान ढुवानी गर्ने भनेर अभिव्यक्ति दिएपछि धेरैको मनमा चिसो पसेको छ ।

भारतको राजकीय भ्रमणमा जानुभन्दा केही दिन अगाडि ओलीले दिएको यो अभिव्यक्तिको सबैले विरोध गरेका छन् । ओलीले चलाखीपूर्ण तरिकाले नेपालका नदीहरूलाई भारतमा एकै ठाउँमा मिसाउने सम्झौतामा गर्ने हुन् कि भन्ने संकेत देखिएको छ ।

भारतको माग र इच्छा अनुसार नेपालबाट बगेर जाने नदीहरूलाई एकीकृत गर्न दिने हो भने त्यसले नेपालमा पनि ठूलो समस्या उत्पन हुन सक्छ ।

त्यसका लागि भारतले नेपालबाटै संरचना बनाउनु पर्छ । भारतले नेपालका नदीहरूमा बनाउने संरचना र योजनाले नेपालको हित नहुने जानकारहरू बताउँछन् ।

Published : Thursday, 2018 April 5, 10:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया