स्वर्गीय खड्काको सम्झनामा रक्तदान, दाङमा १३औँ दिनको कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको १३औँ दिनको पुन्यतिथीका दिन उनका शुभेच्छुक र कांग्रेसका कार्यकर्ताले रक्तदानको कार्यक्रम राखेका छन् ।

नेता खड्कालाई अन्तिम पटक स्मरण गर्न शुभेच्छुकहरूले चैत २८ गते रक्तदान गर्न लागिएको नेपाली कांग्रेस ललितपुरका महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । सदस्य महर्जनका अनुसार रक्तदान कार्यक्रममा दुई सयजना जतिको उपस्थिति हुनेछ ।

ललितपुरको सानेपास्थित स्वर्गीय खड्काकै निवासमा बिहानैदेखि रक्तदान कार्यक्रम राखिनेछ । त्यसका लागि धमाधम तयारी भइरहेको महर्जनले बताए ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा नेता खड्काको चैत १६ गते निधन भएको थियो । चैतको १८ गते पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

यसैबीच, कांग्रेस नेता खड्काको १३औँ दिनको पुन्यतिथिका अवसरमा गृहजिल्ला दाङमा पनि शुद्धिको कार्यक्रम हुने भएको छ ।

चैत २८ गते देउखुरीको सत्बरियास्थित निवासमा छोराले शुद्धिको कार्यक्रम राखेका छन् । चैत २७ गते सानेपास्थित निवासमा सबै कार्य सम्पन्न छोरा सत्बरिया जाने जनाइएको छ ।

Published : Saturday, 2018 April 7, 5:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया