यी हुन् कांग्रेसका निराश कार्यकर्तामा आत्मबल भरिदिने प्रभावशाली नेता

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेस चितवनले शनिबार आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका महतले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा कांग्रेस विजयी हुने बताउँदै त्यसका लागि गाउँ तहदेखि केन्द्रीय तहसम्म संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

‘कांग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्छ’, उनले भने, ‘पार्टीभित्र म नै केन्द्रविन्दुमा रहनुपर्छ भन्ने भावनाको विकास भएकाले अहिलेको निर्वाचनमा पराजय भोग्नु परेको हो ।’

नेता महतले सरकारले जारी गरेको श्वेतपत्र हाँस्यास्पद रहेको टिप्पणी गर्दै वामपन्थी सरकारमा आएपछि विभिन्न बहानाबाट बङ्गाएर श्वेतपत्र जारी गरिएको बताए ।

Published : Saturday, 2018 April 7, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया