यी हुन् अनिर्वाय अवकासमा परेका प्रहरीका उच्च अधिकारीहरू

काठमाडौं । उमेर हदका कारण नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित दुई दर्जन उच्च अधिकारीहरूले अनिवार्य अवकास पाएका छन् ।

३० वर्षे सेवा अवधिका कारण प्रहरीका उच्च तहका अधिकृतहरूले बुधवार मध्यरातबाट अवकाश पाउनेछन्। यसरी अवकाश पाउनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी रहेका छन् ।

अवकास हुन लागेका एआइजीहरूमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, बिजयलाल कायस्थ, माधव जोशी, कलमसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् ।

डिआइजीहरूमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरूसगै दुई एसएसपी पनि बुधवारबाट अवकाश जान लागेका हुन् ।

१५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एकजनामात्र प्राविधिकतर्फका एआइजी रहनेछन् ।

Published : Wednesday, 2018 April 11, 10:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया