यी सानी बालिकाको भविष्य बनाइदिए गगन थापाले

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै आफ्नै निर्वाचन क्षेत्रकी एक किशोरीको सम्पूर्ण खर्च व्यहोर्ने वाचा गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित चुनिलेखमा रहेको बालउद्धार विद्यालयमा नेता थापाले रशिका श्रेष्ठलाई कक्षा १ मा भर्ना गर्दै उनको कक्षा १२ सम्मको सबै खर्च आफूले व्यहोर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘रशिका श्रेष्ठको अब १ कक्षादेखि १२ सम्मको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पूर्ण जिम्मेवारी मेरो हुनेछ’, सांसद थापाले भनेका छन् । उनले पढ्न नपाएका थुप्रै भाइबहिनीहरूलाई विद्यालयमा भर्ना गरेर शिक्षा दिन अभिभावकहरूलाई अपील पनि गरेका छन् ।

‘हाम्रो सानो सहयोगले तिनले पढ्न पाउनेछन् । यही विद्यालयमा पनि यस्तो आवस्यकता भएका अन्य धेरै विद्यार्थी छन्’, थापाले भने, ‘आउनुहोस् अभियानमा सहभागी बनौं ।’

Published : Sunday, 2018 April 15, 4:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया