यो हो दाङमा मोटर साइकल चोरी गर्ने गिरोह

दाङ । दाङ जिल्लास्थित तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो ।

उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको इप्रका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश सापकोटाले बताए ।

सोही आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका– ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वलीलगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित पाँच जनालाई सार्वजनिक गरिएको थियो ।

गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर रु २५ देखि ५० हजार मूल्यमा बिक्री गर्ने गरेको इप्रका प्रमुख सापकोटाले बताए ।

पटक/पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्यअनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Published : Friday, 2018 April 20, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया