कैलाशको टेलिभिजनले कांग्रेसको बद्नाम गरेपछि विश्वप्रकाशले दिए कडा जवाफ

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर टेलिभिजनद्वारा वैशाख १० गते बेलुका प्रसारण गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर कान्तिपुर टेलिभिजनद्वारा प्रसारित समाचारप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् । शर्माले कांग्रेसले निर्वाचन आयोगमा बुझाएको तथ्यभन्दा फरक कुरालाई समाचारमा प्रसारण गरेको भन्दै आपत्ति जनाएका हुन् ।

वैशाख १० गते बेलुका ८ बजे कान्तिपुर टेलिभिजनमा गत निर्वाचनका क्रममा कांग्रेसद्वारा गरिएको प्रचार–प्रसार सामाग्री खरिदसँग सम्बन्धित समाचार प्रसारण भएको र उक्त समाचारमा उल्लेख गरिएको तथ्यांक भ्रामक भएको विज्ञप्तिमा जनाइएको छ ।

समाचार प्रसारण भएको भोलिपल्टै कांग्रेस केन्द्रीय कार्यालयले कान्तिपुर टिभीलाई एक पत्र लेखी प्रष्टीकरण समाचार प्रसारण गर्न दबाब दिएको तर त्यसको बेवास्ता गरेको जनाउँदै त्यो खालको भ्रामक समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा जनाइएको छ ।

व्यापारी कैलाश सिरोहियाद्वारा सञ्चालित कान्तिपुर टेलिभिजनले नेपाली कांग्रेसको तेजोबद्ध गर्दै आएको आरोप कांग्रेसका शुभेच्छुकहरूको छ ।

Published : Wednesday, 2018 April 25, 8:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया