कांग्रेसविरुद्ध गलत प्रचार गरेर कम्युनिस्टहरू फष्टाएः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्टहरूले अहिले गरिरहेको राजनीति जग भनेको कांग्रेसले लिएको विचार भएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेसविरुद्ध गलत प्रचार गरेर कम्युनिस्टहरूले राजनीति गरिरहेको बताए ।

कम्युनिस्ट मिडिया र बुद्धिजीवीले कांग्रेस भ्रष्ट पार्टी हो भनेर जनतामा भ्रम छरेको र जनताले पनि विश्वास गरेको उनको भनाइ थियो ।

‘कम्युनिस्ट बुद्धिजीवी र मिडियाले कांग्रेस भ्रष्ट पार्टी हो भनेर प्रचार गरे’, उनले भने, ‘त्यसकारण नयाँ मतदाता कांग्रेसप्रति आकर्षित बनेनन् ।’ उनले २६/२७ वर्षदेखि कम्युनिस्टहरूले निरन्तर रुपमा कांग्रेसविरुद्ध भ्रम छरेको आरोप समेत लगाए ।

२०४८ मा अरु सबै मिल्दा पनि एक्लै बहुमत ल्याउने कांग्रस भ्रम चिर्न नसकेकै कारण पडाडि परेको उनको भनाइ थियो । २०६४ यता कांग्रेसभन्दा कम्युनिस्ट नै धेरै सरकारमा बसेको भन्दै उनले सरकारका अपजसजति कांग्रेसले भोग्नु परेको बताए ।

Published : Friday, 2018 April 27, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया