दाङ घर भएका एसपी विकले पाए धादिङ प्रहरीको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले चारजना एसपीको सरुवा गरेको छ ।

धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा भएको हो । केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ ।

एसपी डम्वरबहादुर विकलाई धादिङ, लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले जानकारी दिए । चारै जनालाई काजमा सरुवा गरिएको छ । एसपी डम्बरबहादुर विक दाङ जिल्ला निवासी हुन् ।

मकवानपुरका एसपी विकासराज खनाल ३३ केजी सुन काण्डमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । एसपी शेखर कोइराला र ध्रुवराज राउतलाई हेडक्वाटर सरुवा गरिएको छ ।

Published : Monday, 2018 April 30, 5:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया