पाँच वर्ष कांग्रेसले जनताको मन जित्ने काम गर्छः गगन थापा

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान केपी ओली नेतृत्वको सरकार निरंकुशतातिर अग्रसर भएको भन्दै खबरदारीको आवश्यक्ता आउन सक्ने बताएका छन् ।

हेटौँडामा सोमबार नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै युवा नेता थापाले कांग्रेस वर्तमान कम्युनिस्ट सरकारलाई खबरदारी गर्नुपर्ने बताए । ‘सरकार अधिनायकवादतर्फ अग्रसर हुन थालेको संकेत गरेको छ’, थापाले भने, ‘जनताले बनाएको संविधान विपरित हुने कुनै पनि ओली सरकारविरुद्ध हामी सडकमा उत्रन तयार छौँ ।’

आगामी ५ वर्ष कांग्रेसले जनताका माझमा रहेर संगठन बिस्तार गर्ने उनले बताए । आफूभित्र भएका कमिकमजोरीलाई सुधार गर्नमा कांग्रेसलाई मतदाताले सुझाव दिएको थापाले बताए । उनले अबको पाँच वर्ष जनताको मन जित्न सक्रिय हुने पनि बताए ।

निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसकेपनि मतको हिसाबमा धेरै पाएको नेता थापाले बताए । ‘कांग्रेस निर्वाचनमा पछि परेपनि देशलाई भने जोड्न सफल भएको छ’, नेता थापाले भने ।

उनले निर्वाचनमा कांग्रेस पराजय हुनुमा पार्टीभित्रको आत्मियताको कमी भएकै कारण चुनाव घात भएको बताए । उनले आगामी दिनमा सबै पाठहरू स्मरण गरेर संगठनका साथै उच्च इच्छाशक्तिका साथ विकास निर्माणमा लाग्नुपर्ने बताए ।

Published : Monday, 2018 April 30, 6:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया