पार्टी एकतालाई असर पुर्‍याउने गरेर आयो माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले सांगठनिक स्थितिको अद्यावधि तीव्र पार्न मातहतलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता दिँदै सांगठनिक स्थितिलाई अद्यावधि गर्न मातहतलाई निर्देशन दिएको हो ।

दुवै पार्टीका नेताले पार्टी एकता छिट्टै हुने बताइरहेका बेला माओवादीले भने संगठनलाई सुदृढ बनाउने पहल थालेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि दुई पक्षीय छलफलमा भएका सहमति र सहमति जुट्न बाँकी विषयबारे जानकारी गराएका थिए ।

उनले पार्टी एकताका लागि राजनीतिक विषय टुंगो लागिसकेकाले संगठनको आकार र विधानमा राखिने विषय माथिको छलफल जारी रहेको जानकारी गराउँदै छिटै पार्टी एकताको टुंगो लाग्ने बताएका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रवक्ता भुसालले जनयुद्ध, माओको जनवाद, जबज र २१ औं शताब्दीको जनावादको विषय टुंगोमा पुगिसकेको बताइन् । उनले पार्टी एकता व्यापार नभई सम्मानजनक सहभागिता रहेको बताइन् ।

Published : Wednesday, 2018 May 2, 9:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया