वाम गठबन्धनको सरकारलाई ‘नेकपा’को कडा धम्की

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले धमाधम आफ्ना नेताहरू पक्राउ गरेपछि निन्दा एवम् भर्सना गरेको छ ।

नेकपाका प्रवक्त खडग विश्वकर्माले बुधबार विज्ञप्ति जारी गरेर मजदुर संगठनको पत्रकार सम्मेलनमा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन् । ‘निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरफ्तारीको पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष अमर झाँक्री ‘संजीव’, सचिव देव परियार, केन्द्रीय सदस्य, शिव परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भीम अधिकारी, एलबी बुढाथोकी र टेक प्रधानसहित ८ जनालाई गिरप्तार गरेको नेकपाले जनाएको छ ।

प्रवक्ता विश्वकर्माले गिरप्तार नेता कार्यकर्ताहरूको शीघ्र रिहाईको जोडदार माग गरेका छन् । ‘देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘२००७ सालदेखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो ।’

विश्वकर्माले भनेका छन्, ‘नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरूलाई कथित अखण्डता, शान्ति र विकासको बहानाबाजीमा कटौंती गर्न न केपी ओलीले पाउँछन् न त पुष्पकमल दाहाल प्रचण्डले । न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ ।’

‘यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन’, नेकपाका प्रवक्ता विश्वकर्माले भनेका छन् ।

Published : Wednesday, 2018 May 9, 3:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया