मोदीको विरोध गर्ने तीनजना काठमाडौंमा पक्राउ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गर्ने ३ जना प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा पक्राउ पर्नेमा धादिङका विमल ब्रुर्लाकोटी, काठमाडौंका प्रकाश सुवेदी र गोविन्द बोहोरा छन् । मोदीको भ्रमणलार्इ उश्रृंखल काम गर्नसक्ने भन्दै प्रहरीले उनीहरुलार्इ पक्राउ गरेको स्रोतले जनाएको छ ।

उनीहरूलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको स्रोतको भनाइ छ । उनीहरू को हुन् केही बताइएको छैन ।

Published : Friday, 2018 May 11, 12:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया