बिखण्डनकारीलाई कांग्रेसको धामाकेदार जवाफ

काठमाडौं । नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादलाई कारबाहीको माग गरेको छ ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शनिबार बिहान ट्वीट गर्दै जनकपुरधामलाई भारतमा मिलाउने माग गरेको विषय गम्भीर रहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

निधिनले नेपाल र भारतीय प्रधानमन्त्रीहरू दुबैले भारतीय सांसद कीर्ति आजादलाई कारबाही गर्नुपर्ने सुझाव दिएका हुन् ।

‘जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर २ नं. प्रदेश, मधेस र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’, निधिले भनेका छन्, ‘त्यो सोँच दुवै देशको अखण्डताको लागि खतरा हो ।’

निधिनले भनेका छन्, ‘नरेन्द्र मोदी र केपी ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस् । नत्र हामी बर्दास्त गर्दैनौं ।’

भारतीय सांसद कीर्ति आजादले नरेन्द्र मोदीको नेपाल भ्रमण भइरहेका बेला जनकपुरलाई भारतमा गम्भनुपर्ने माग गरेपछि नेपालमा विरोध सुरु भएको हो ।

Published : Saturday, 2018 May 12, 10:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया