ओली सरकारले फेरि गर्‍यो पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले सर्वसाधारणको ढाड सेक्ने गरेर फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिए ।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । वृद्धि भएको मूल्य बुधबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

Published : Wednesday, 2018 May 16, 10:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया