राप्ती गाउँपालिकाद्वारा महत्वकांक्षी योजनाहरू पारित

देखुरी । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले यातायात गुरुयोजना बनाउने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको मुख्यालय मसुरियामा आइतबार बसेको बैठकले राप्ती गाउँपालिकास्तरीय यातायात गुरुयोजनालाई अन्तिमरुप दिने निर्णय गरेको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

बैठकले राप्ती गाउँपालिकाको तीन ठाउँमा स्थापना गरिएको स्वाथ्य इकाई केन्द्रका लागि छनौट भएका कर्मचारीहरूलाई कार्यस्थलमा जान दिर्नेशन दिएको छ ।

विद्युत विस्तारका लागि वडा नं. ५, ८ र ९ मा पोल खरिद निर्णय पनि बैठकले गरेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

Published : Sunday, 2018 May 20, 7:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया