दाङ कांग्रेस बलियो बनाउन चौघेरामा विशेष बैठक
घोराही । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएका बेला नेपाली कांग्रेस दाङले संगठन सुदृढीकरण अभियानलाई तीब्र बनाएको छ ।
कांग्रेसको पार्टी सुदृढीकरण अभियान कार्यक्रम अन्तर्गत आइतबार साबिक घोराही वडा नं. ४ चौघेरामा कांग्रेस नेता तथा कार्यकर्ताहरूले भावी कार्यक्रमका बारेमा छलफल गरेका छन् । बैठक चौघेरास्थित गोरक्षा रत्ननाथ बाबाको मन्दिर परिसरमा बसेको थियो ।
दाङ कांग्रेसका प्रतिनिधि निर्मल न्यौपानेसहितका नेताहरूको उपस्थिति रहेको बैठकमा पार्टीलाई सांगठनिक रुपमा मजबुद बनाउने निर्णय भएको छ ।
कांग्रेसको आन्तरिक कमजोरीलाई पनि सुधार गरेर अबका दिनमा पार्टीलाई एकढिक्का बनाएर जाने निर्णय पनि भएको छ ।
बैठकमा कम्युनिस्ट पार्टीहरू मिलेको सन्दर्भमा कांग्रेसलाई बलियो बनाएर लैजाने रणनीतिका विषयमा स्थानीय नेताहरूले गम्भीर रुपमा छलफल गरेको युवा नेता खेमराज विश्वकर्माले जानकारी दिए ।
यसमा तपाइको मत