गुमेको साख फर्काउन कांग्रेसले उठायो कठोर कदम

सुनसरी । स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको चुनावमा नराम्ररी पराजय भोगेको कांग्रेसले पुरानो साख फर्काउन सुनसरीको १ नम्बर क्षेत्रीय समिति बुधबार विघटन गरेको छ ।

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनमा सक्रिय कार्यकर्ताहरूलाई अवसर दिदै नयाँ ढंगले पार्टी सञ्चालन गर्न विघटन गरेको जनाएको छ ।

पार्टीका कतिपय पदाधिकारीहरू निस्कृय भएको, सक्रियले पार्टी सञ्चालन गर्ने अवसर नपाएको र पार्टीको छवि बिग्रदै गएकाले सुधार गर्न विघटन गरिएको सचिव महेन्द्र प्रधानले बताए ।

उनले चाडै नै पार्टीका पदाधिकारीसँग छलफल गरेर पुनर्गठन गर्ने बताएपनि कहिले पुनः पुर्नगठन गर्ने भन्ने बारे निर्णय मिति भने नतोकिएको बताए ।

क्षेत्रीय कार्यसमिति विघटन भएपनि निर्वाचित पदाधिकारीहरू सभापति, सचिव, कोषाध्यक्ष र आठ सदस्य भने यथावत रहने छन् ।

विघटन भएसँगै मनोनीत उपसभापति धनबहादुर कट्वाल, मनोनीत सचिव महेन्द्र प्रधान र सहसचिव प्रेमकुमार राई र मनोनित आठ सदस्यहरू, आमन्त्रित सदस्यहरू, सल्लाहकारहरू सबैलाई पदमुक्त गरिएको सुनसरी सचिव सुजेन्द्र तामा‌ङले बताए ।

कांग्रेसको बैठकले पर्यटकीय स्थल धरान–४ मा खानेपानीको व्यापक समस्या भएकाले पर्याप्त खानेपानीको व्यवस्था गर्न समेत माग गरेको छ ।

Published : Wednesday, 2018 May 23, 7:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया