कांग्रेस कमजोर बनाउन कम्युनिस्ट सत्ताले लियो प्रहरीको सहारा

सुनसरी । नेपाल तरुण दलका अध्‍यक्ष जीतजंग बस्‍नेतले कम्‍युनिष्ट सरकारको आडमा प्रहरी प्रशासन कांग्रेसलाई कमजोर बनाउने षडयन्त्रमा लागेको दाबी गरेका छन् ।

सुनसरीमा आयोजित कार्यक्रममा अध्‍यक्ष बस्‍नेतले प्रहरी प्रशासनले सिजन गुरुङको बेकसुरलाई जबरजस्ती कसुरमा परिणत गर्न खोजेको आरोप लगाए । निर्वाचनपछि नेपाली कांग्रेस र त्यसका भातृसंगठनहरू राजनीतिक रुपमा बलियो हुँदै गएपछि आत्तिएका कम्युनिस्टहरूले प्रहरी प्रशासन लगाएर डार धम्की दिएको बताए ।

उनले भने, ‘सिजन गुरुङलाई बिना कसुर २५ दिन थुनामा राख्‍नु प्रहरी र प्रशासनको लाचारी हो । बिना कसुर थुनामा नराखी रिहाइको माग गर्दछु ।’

उनले सुनसरी तरुण दलका नेता सिजन गुरुङ हिरासतमा हुनु भनेको तरुण दल नै हिरासतमा भएको सरह हुनु भएको बताए । उनले भने, ‘अब कम्‍युनिष्ट सरकारले तरुणका युवालाई सधै हिरासतमा राख्छु भने नसोचे हुन्छ । किनकी यही कांग्रेसले राणा, राजा फालेको सम्झे हुन्छ ।’

उनले कम्‍युनिष्ट सरकारको अत्‍याचार कुनै पनि हालतमा कांग्रेस र तरुण दलले सहेर बस्‍न नसक्‍ने बताए । उनले यदि प्रहरी प्रशासनको आडमा सरकारले जबर्जस्ती युवाहरूलाई इन्काउन्टर गर्ने सोँच बनाएको भए त्‍यो सपना मात्र हुने चेतावनी दिए । उनले जनताले यसअघि धेरै अन्‍याय र अत्‍याचारका लागि लडिसकेकाले अब पनि लड्‍न पछि नपर्ने जिकिर गरे ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसमक्ष सपथ लिँदा कानूनविपरीत पार्टीको अध्‍यक्षको हैसियतले सपथ लिएको, महान्‍यायाधीवक्ताको कार्यालयलाई आफ्नो मुट्ठीमा लिएको र एउटा प्रधानन्‍यायाधीशलाई षडयन्त्रपूर्वक हटाएको आरोप अध्यक्ष बस्नेतले लगाए ।

बस्नेतले न्‍यायपालिकापछि कम्‍युनिस्ट सरकार सर्वसत्ता र अधिनायकवाद लाद्न तरुण दलमाथि हमला गरेको भन्‍दै यसबाट सबै नागरिक सचेत जागरुक हुनु पर्ने बताए । गृहमन्त्री रामबहादुर थापाले सस्तो लोकप्रियताका नाममा तरुण दललाई निशाना बनाएको उनले आरोप लगाए ।

Published : Friday, 2018 June 1, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया