कम्युनिस्ट नेताहरूले दङ्गालीलाई यहाँ पनि दिए धोका

घोराही । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुनेवित्तिकै तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूले जबरजस्त रुपमा सञ्चालन गरेको दाङको विमान सेवाले हावा खाएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सभामुख कृष्णबहादुर महरा तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले २०७४ पुस १९ गते समिट एयरलाई जबरजस्ती सञ्चालन गरेका थिए ।

त्यति बेला महरा र पोखरेल सभामुख र मुख्यमन्त्री बनेका थिएनन् । तर, अहिले जिम्मेवार पदमा छन् । तैपनि एयरपोर्टका विषयमा उनीहरू उदासिन रहेको आरोप छ ।

कम्युनिस्ट नेताहरूको देखावटी कुरा पाँच महिनाभित्रै हावा खाएको छ । कम्युनिस्ट नेताहरूले त्यस बेला बाजागाजासहित समिट एयरको स्वागत समेत गरेका थिए ।

त्यस बेला सानसँग समिट एयरमा चढेर आएका महरा, पोखरेलसहितका नेताहरू तुलसीपुर एयरपोर्टलाई भन्दा त्यसलाई सिध्याउनेतिरै सक्रिय भएको स्थानीयको आरोप छ ।

तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो ।

इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० रुपैयाँ एकतर्फीरूपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ ।

भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो ।

Published : Monday, 2018 June 4, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया