पार्टी एकीकरणका लागि अध्यक्ष राणाद्वारा कार्यदल गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले बिचार मिल्ने दलहरूसँगको पार्टी एकीकरणका लागि वार्ता गर्न चार सदस्यीय कार्यदल बनाएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले वरिष्ठ उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता किरण गिरीले जानकारी लिए ।

कार्यदलको सदस्यहरूमामा उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री सुनिलबहादुर थापा र उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा रहेका छन् ।

समान बिचार भएका राजनीतिक दल, समूह, व्यक्तिसंग एकता, सहमति र सहकार्य गर्नका लागि सहजीकरण कार्यदल गठन गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

राप्रपा (प्रजातान्त्रिक)को हालै काठमडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिले विभिन्न दल र समूहसँग वार्ता गरी पार्टी एकीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

यो कार्यदलले कमल थापा नेतृत्वको राप्रपासहित साना राप्रपाहरूसँग पनि वार्ता र सम्वाद गर्नेछ ।

Published : Thursday, 2018 June 7, 8:38 pm

3 प्रतिकृया प्राप्त “पार्टी एकीकरणका लागि अध्यक्ष राणाद्वारा कार्यदल गठन”

  • जस्ले जोडन जानेको छ उस्ले जित्छ जस्ले हार्न जानेको छ उस्ले फोड्ने काम गर्छ ।

  • प्रजातान्त्रिक शक्ति हरुको यक्ता अनिवार्य छ

  • समयले सबैलाइ फल चखाएको छ । हिजो सत्ताको लोभले गलत् निर्णय भयो, गरियो । देशमा बलियो रास्ट्रबादी शक्तिको आवस्यकता अझै पनि छ । फुटेर हैन जुटेर काम गरे अझै पनि अगाढि बढ्न सक्ने अवस्था छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया