राजधानीबारे पोखरेलको अभिव्यक्तिले दङ्गालीहरूको मन दुखायो

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी तोक्न हतार नगरिने बताएका छन् ।

आइतबार प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पोखरेलले हतारमा प्रदेशको राजधानी तोकेर थप समस्या निम्त्याउने पक्षमा आफू नरहेको बताएका हुन् ।

‘अस्थायी केन्द्र तोक्नुअघि प्रदेशका जनताको मनोभावना के थियो भन्ने विषयमा सबै जानकार छौं’, उनले भने, ‘त्यसैले हतारमा निर्णय गरेर समस्या निम्त्याउनु भन्दा सहमतिमा समस्यारहीत तरिकाले टुंगो लगाइन्छ ।’

आगामी आर्थिक वर्षभित्र विस्तृत गुरुयोजनासहित सहमतिका आधारमा प्रदेश राजधानी तोक्ने उनले बताए ।

तत्कालीन एमालेका नेता समेत रहेका पोखरेलले प्रदेश ५ को राजधानी दाङ बनाउने भनेर दङ्गाली मतदात समक्ष प्रतिवद्धता जनाएका थिए ।

पोखरेल पछिल्लो समय दाङ राजधानी बनाउने आफ्नो पूर्व अभिव्यक्तिबाट पछाडि हट्दै गएको आरोप लाग्न थालेको छ ।

मुख्यमन्त्री पोखरेलको यो अभिव्यक्ति दङ्गाली जनताको मन दुखाएको छ ।

Published : Sunday, 2018 June 10, 8:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया