मधेसीप्रति किन यति अनुदार छन् ओली-राउत ?

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ ।

गर्मीले गर्दा दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।

धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धान खेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए ।

बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरूको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा मनोज दासले बताए ।

आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएपछि सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरू उनलाई खेतको आलीमा लडेर राखेको र गाउँमा खबर पु¥याएर उनलाई उपचारकै लागि लैजान खोज्दा उनको खेत नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए । गर्मीले तराईमा सर्वसाधारले ज्यान गुमाउनुका साथै बेहस हुन थालेपछि आवश्यक पर्ने औषधि र राहतका लागि केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले कुनै पनि कदम उठाएको छैन ।

त्यति मात्रै होइन प्रदेश २ को मधेस केन्द्रित दलहरू नेतृत्वको सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि कुनै पनि राहतको कार्यक्रम घोषणा गरेका छैनन् ।

Published : Monday, 2018 June 11, 6:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया