राजपाको जवाफले ओलीलाई तनाव, के थियो त्यस्तो दमदार जवाफ ?

काठमाडौं । वर्तमान सरकारलाई मतदान गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले तत्काल सरकारमा जाने कुनै सम्भावना नरहेको जनाएको छ ।

राजपाले सरकारमा जानेबारेमा अहिले कुनै पनि सम्वाद र परामर्शहरू नभएको जनाएको हो । नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राजपाको प्राथमिकता सरकार नरहेको बताए ।

राजपा नेपाललाई आन्दोलनको संज्ञा दिएका नेता यादवले भने, ‘हामी सरकारमा जान हतार गरेका छैनौँ । तत्काल सरकारमा जाने कुनै सम्भावना छैन । कुराकानी पनि भएको छैन ।’

ओली सरकारमा जानेबारेमा राजपा नेपालको बद्नाम गरिरहेका बेला नेता यादवले ती सबै कुराको खण्डन गरिदिएका हुन् । यादवको यो अभिव्यक्तिले ओली सरकार तनावमा परेको छ ।

संसदमा सत्तापक्षकै सांसदको चर्को विरोध आइरहेको भन्दै नेता यादवले भने, ‘आफ्नै सांसदहरूको चित्त नबुझ्ने वजेटका बारेमा के टिप्पणी गर्ने ?’

बिहीबारको संसद बैठकमा मन्त्रीहरूले वजेट आफ्नो जिल्ला र क्षेत्रमा केन्द्रित गरेको भन्दै त्यस्ता मन्त्रीहरूलाई जेल हाल्न माग गरेका थिए ।

Published : Friday, 2018 June 15, 11:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया