ओलीको महँगो रेल र चाइना भ्रमणबाट कांग्रेसको मौनता भङ्ग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको उपलब्धिको समीक्षा गर्न शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘नेपालले आफैँ रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकत्ताहरू धेरै छन् ।’

नेता महतले ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरू केही पनि नभएको जिकिर गरे । उनले भने, ‘रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्विपक्षीय सम्झौताहरू पनि भएका थिए ।’

उनले नेपालमा रेल आउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो, यसको लागि लगानी ठूलो लाग्छ, झण्डैझण्डै हाम्रो नेपालको एक वर्षको पुँजीगत खर्चभन्दा धेरै लाग्छ, त्यसैले हामीले अहिले आन्तरिक प्राथमिकताहरूमा नै बढि जोड दिनुपर्छ ।’

डा.महतले नेपाल सीमित स्रोत र साधन भएको मुलुक भएकोले अहिले आन्तरिक आवश्यकत्ताहरू पूरा गर्नतिर बढि केन्द्रित हुनुपर्ने धारणा राखे । उनले भने, ‘रेल निर्माणजस्तो पूर्वाधार विकासबाट प्रतिफल लिनको लागि धेरै समय कुनुपर्छ ।’

Published : Saturday, 2018 June 23, 6:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया