नेकपाका दुई दिग्गज नेताद्वारा ओलीको चीन भ्रमणको विरोध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले चीनबाट आउने भनिएको रेलप्रति अविश्वास प्रकट गरेका छन् ।

नेता गजुरेलले चीनबाट भन्दा भारतबाट पहिला नेपाल रेल आउने बताए । ‘चीनतिरको भौगोलिक अवस्थाले गर्दा रेल आउन ढिलाइ हुन्छ’, नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘भारतबाट नेपालमा छिटो रेल आउँछ ।’

नेकपाका नेता गजुरलले प्रधानमन्त्री केपी ओलीको भ्रमण सोँचेअनुसार सफल हुन नसकेको संकेत गरे । उनले भने, ‘महत्वपूर्ण मानिएको पारबहन सम्झौता हुन सकेन । अरु सहमति भनेका त नियमति प्रक्रिया न हुन् ।’

नेकपाका अर्का नेता योगेश भट्टराईले पनि प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर सांकेतिक रुपमा असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘चीनका राष्ट्रपतिले हाम्रो प्रधानमन्त्रीको प्रशंसा गर्नुभएको छ । यो उपलब्धी मुलक हो । यसलाई पनि उपलब्धीका रुपमा लिनुपर्छ ।’

Published : Sunday, 2018 June 24, 10:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया